उपप्रधानमन्त्री माग्ने पौडेल समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफ्नो समूहबाट सरकारमा उपप्रधानमन्त्री माग्ने निर्णय गरेको छ ।

महाराजगञ्जस्थित कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल समूहको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो समूहबाट पनि उपप्रधानमन्त्री माग्ने निष्कर्ष निकालेको हो ।

कसलाई उपप्रधानमन्त्रीका लागि पठाउने भन्नेबारे भने अझै अन्यौल रहेको पौडेलपक्षीय एक नेताले बताए । महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र सुजाता कोइराला उपप्रधानमन्त्रीका लागि आकांक्षी रहेको जनाइएको छ ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, नेताहरू सिंह, अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल, शेखर कोइरालालगायतका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *