थप १२५८ जना कोरोनामुक्त‚ २४४५ मा संक्रमण‚ ३२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार २५८ जना संक्रमित निको भई घर फर्किएका छन् । योसँगै नेपालमा कुल ६ लाख ३३ हजार ३३२ जना संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै सोमबार थप दुई हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टायता देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६६४ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म कुल ७ लाख १८ हजार ४९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै सोमबारमात्रै ३२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ९ हजार ५८२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *