प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीले गरे खोप कार्यक्रमको शुभारम्भ (तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीले ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाउने कार्यक्रमको संयुक्त रुपमा शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा बिहान एक समारोहकाबीच देउवा र बेरीले गरे खोप कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

याे पनि : आजदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै, क-कसले पाउँछन् ?

त्यहाँ अपाङ्गता भएका व्यक्तिलाई एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउन थालिएको हो । अमेरिकाबाट अघिल्लो सोमबार कोभ्याक्स कार्यक्रमअन्तर्गत १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको थियो । उक्त खोप काठमाडौंसहित देशका धेरैजसो जिल्लामा लगाउन सुरु गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *