पहिलो संविधान सभाबाट बनेको भए संविधान अझ राम्रो हुनेथियो : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पहिलो संविधान सभाबाट बनेको भए यो संविधान योभन्दा अझ राम्रो बन्न सक्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष भट्टराईले संविधान यदि पहिलो संविधान सभाबाट बनेको भए यसभन्दा राम्रो हुनेथियो भन्दै अहिलेको संविधान अधुरो भएपनि अग्रगामी भएको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भन्दै भट्टराईले जसपाका २० सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेसमेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 8 =