सर्वोच्चले देशलाई अँध्यारो सुरुङबाट फर्कायो : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले देशलाई अँध्यारो सुरुङबाट फर्काएको बताएका छन् । आइतबार (आज) बसेको पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा भाग लिँदै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । ‘देशको कार्यकारिणीले देशलाई अँध्यारो सुरुङमा लग्ने काम गरेको र सर्वोच्चले त्यहाँबाट फर्काएको छ । यसलाई हामी सम्मान गरौँ,’ भट्टराईले भनेका छन् ।

यस्तै भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *