ज्ञवालीलाई रिजालको ‘काउन्टर’ जवाफ- संविधानको विशिष्टताबाट देउवा प्रधानमन्त्री बन्नुभयो

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य मिनेन्द्र रिजालले संविधानको विशिष्ठताबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेको बताएका छन् । आइतबार (आज) बसेको पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा भाग लिँदै रिजालले यस्तो बताएका हुन् । एमाले सांसद प्रदीपकुमार ज्ञवालीले ‘देउवा श्रीमान् ५ बाट प्रधानमन्त्री बनेको’ भन्ने अभिव्यक्तिलाई काउन्टर जवाफ दिँदै रिजालले भने— ‘बाहिरिएका साथीहरुले पनि धेरै चित्त नदुखाउनुस् । शेरबहादुर देउवा संविधानको विशिष्टताका आधारमा प्रधानमन्त्री बन्नुभएको हो ।’

यस्तै रिजालले प्रधानमन्त्री देउवाको नम्रतालाई कमजोरीको रुपमा नलिनसमेत आग्रह गरे । भने— ‘म भन्न चाहन्छु । कुनै पनि व्यक्तिको नम्रतालाई कमजोरीको रुपमा नलिऔं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =