श्रीमान् ५ बाट देउवा प्रधानमन्त्री बने : प्रदीप ज्ञवाली

काठमाडौं । एमालेका सचिवसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रदीपकुमार ज्ञवालीले शेरबहादुर देउवा श्रीमान् ५ बाट प्रधानमन्त्री बनेको बताएका छन् । आइतबार (आज) बसेको पुनःस्थापित प्रतिनिधि सभामा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेगरी पेश गरेको प्रस्तावको बैठकमा भाग लिँदै ज्ञवालीले भने— ‘उहाँ (देउवा) श्रीमान् ५ बाट प्रधानमन्त्री बन्नुभएको हो ।’

ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताउँदै भने— ‘म त्यो सम्झिन्छु, त्यो बेला उहाँ श्री ५ बाट प्रधानमन्त्री बन्नुभएको थियो भने अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री बन्नुभयो ।’

यस्तै ज्ञवालीले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन नसक्ने बताए । ‘हामी प्रमुख प्रतिपक्षीको भूमिका रहन्छौँ । त्यसै कारणले हामीले विश्वासको मत दिन सक्दैनौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =