थप १६६७ जना कोरोनामुक्त‚ १८०१ मा संक्रमण‚ २३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ६ लाख ३२ हजार ७४ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशभरका प्रयोगशालामा गरिएको ९ हजार ६२८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा एक हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म कुल ७ लाख १६ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ५५० जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *