जसपा विवाद ‘हेर्दाहेर्दै’मा, ६ गतेदेखि निरन्तर सुनुवाइ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका दुई खेमाबीचको विवादलाई निर्वाचन आयोगले ‘हेर्दाहेर्दै’ मा राखेको छ । यअसघि नै गठन भएको आयोगको इजलासमा पहिलो दिन आज बहस भएको थियो । दुवै खेमाको अधिवक्ताहरुबीच आज बहस भएको थियो । अब पुनः साउन ६ गतेदेखि निरन्तर रूपमा सुनुवाइ हुने प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासले दलको विवादमा प्रारम्भिक सुनुवाइ गर्दै कागजपत्र झिकाउने निर्णय गरेको छ । ‘६ गतेदेखि हामीले बहसका लागि दैनिक २ घन्टाको समय छुट्टयाएका छौँ,’ एक आयुक्तले मकालुखबरसँग भने— ‘दुवै पक्षका तीन÷तीन जना वकिललाई समय दिनेछौं।’

यसअघि डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले आधिकारिताको मागदाबीसहित आयोगमा निवेदन दिएको थियो । यसपछि आयोगले इजलासमार्फत समस्याको समाधान खोज्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =