चार वर्षीया बालिकाको जलेर मृत्यु

विराटनगर । ओखलढुङमा एक बालिकाको जलेर मृत्यु भएको छ । सिन्धुली फिक्कल-५ बस्ने समिता राई खड्काको ४ वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको हो ।

ओखलढुङगा मानेभञ्ज्याङ–६ मा रहेको मामा घरमा गएको बेलामा उनी जलेकी प्रहरीले जनाएको छ । मामा घरकै गाईगोठमा आज दिउँसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाइटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुँदा आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

गोठमा रहेका दुईवटा गाई र ४ वटा बाख्राको समेत जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =