सांसद पदबाट भीम रावलले दिए राजीनामा (पत्रसहित)
२०७८ साउन ३ गते

काठमाडौं । एमाले उपाध्यक्षसमेत रहेका सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । ०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै आफूले उक्त निर्णय गरेको बताए । भने— ‘यी सबै फोहोरी खेलमा बस्नुभन्दा त्यो सबैबाट बाहिर निस्कनु राम्रो ठानेर मैले राजीनामा गरेको हुँ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले आजको प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत दिनुअघि नै रावलले राजीनामो घोषणा गरेका हुन् ।

२०७८ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








