प्रधानमन्त्रीलाई विश्वासको मत दिन गगन थापा दमौलीबाट हेलिकोप्टरमा काठमाडौं

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन दमौलीमा रहेका सांसद गगनकुमार थापा हेलिकोप्टरमार्फत काठमाडौं उडेका छन् ।

उनी शनिबार ट्रेड युनियनका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरलाई श्रद्धाञ्जली दिन पोखरा आएका थिए ।

शनिबार जहाजबाट आएका उनी आज पनि जहाजबाटै फर्किन लागेका थिए । मौसममा आएको खरावीले जहाज नउडेपछि गाडीबाट काठमाडौं फर्किन लागेका उनी दमौली पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =