शय्याबाटै झलनाथको आग्रह- देउवालाई विश्वासको मत दिऔं

काठमाडौं । एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आह्वान गरेका छन् । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आह्वान गरेका हुन् ।

नेता खनालले एक वक्तव्य जारी गर्दै भनेका छन्— ‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु । मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =