खोप खरिद प्रक्रियालाई चुस्त बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप खरिद प्रक्रियालाई चुस्त रुपमा अघि बढाउन निर्देशन दिएका छन् । आइतबार ट्विटरमार्फत् देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलगायतलाई निर्देशन दिएको बताएका छन् ।

‘कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर निर्देशन दिएको छु‚’ उनले लेखेका छन् ।

यसका साथै प्रधानमन्त्री देउवाले कोरोनाको तेस्रो लहरको पूर्वतयारीका लागि सीमा नाकाहरुमा तत्काल होल्डिङ सेन्टरको निर्माण गर्न, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आईसीयूको प्रबन्ध गर्न समेत निर्देशन दिएका छन् ।

पछिल्लो समय खोपको मौज्दात सकिएको भनी स्वास्थ्य कार्यालयले काठमाडौं जिल्लामा खोप अभियान स्थगन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =