कांग्रेस निर्वाचन समिति सदस्य खातीको राजीनामा स्वीकृत

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ ।

उनी नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री एवं सभापति देउवाले खातीलाई पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य पदमा रहेर पुर्‍एको योगदानको सराहना गर्दै धन्यवाद दिएका छन् । खाती बिहीबार महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =