कांग्रेस बैठक : तल्लो तहका महाधिवेशनको मिति हेरफेरबारे छलफल

काठमाडौं ।  नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता, सदस्यता छानबिन समितिका सदस्यमाथि भएको हातपात, तल्ला तहका अधिवेशनहरुको मिति हेरफेर लगायत विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाइएको सह–महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा केन्द्रीय महाधिवेशनको कार्यतालिका संशोधन नगरी तल्ला तहका अधिवेशनहरूको कार्यतालिका संशोधन गर्ने बारे पनि छलफल हुने महतले जानकारी दिए । तर कार्यतालिका हेरफेरबारे निर्णय भने केन्द्रीय कार्यसमितिले मात्र गर्न सक्नेछ । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको हातपातको सन्दर्भमा पनि छलफल हुनेछ । क्रियाशील सदस्यताको बारेमा असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले घिमिरेलाई शुक्रबार हातपात गरेका थिए ।

बैठकले शुक्रबार सह–महामन्त्री डा. महत र डा. मिनेन्द्र रिजाललाई दिइएको निर्वाचन निर्देशिकाको सन्दर्भमा पनि छलफल गरेर निर्णय लिनेछ । नेपाली कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशन गर्दैछ । यसअघि कांग्रेसले पार्टीको महाधिवेशन कार्यतालिका पटक–पटक संशोधन गर्दै आएको छ । डेढ महिनाभित्र कांग्रेसले महाधिवेशन नगरे पार्टीको अस्तित्व संकटमा पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =