उपभोक्ता अधिकारका लागि आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौं । कांग्रेसको संसदीय दल विषयगत समितिले दैनिक उपभोग्य वस्तुको खरिदविक्रीमा उपभोक्ताको अधिकार संकुचित गर्ने काम भइरहेको भन्दै त्यस्ता वस्तुको विक्री वितरणमा अनुगमन र नियमनका लागि छुट्टै आयोग गठन गर्न माग गरेको छ । समितिका संयोजक दिव्यमणिराज भण्डारीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले दैनिक उपभोग गर्ने साम्रागीहरुका साथै अत्यावश्यक औषधीजन्य सर–साम्रागी, निर्माण तथा निर्माण साम्रागी, म्याद गुर्जेका खाद्यवस्तुहरुको ‘रिलेभलिङ’ गरी विक्रि वितरणको अनुगमन, अनियमितता एवं कालोबजारी र भ्रष्टाचारको छानबिन, नियन्त्रण एवं कारवाहीका लागि आयोग गठन गर्न माग गरेको हो ।

उपभोक्तामाथि अन्याय हुने क्रम बढिरहेका कारण उपभोक्ता अधिकारको निम्ति छुट्टै आयोगको आवश्यकता रहेको महसुस भएको सांसद राजभण्डारीले बताए । समितिले पुर्ववर्ती सरकारले पेट्रोलियमको मूल्य वृद्धि र सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको भन्दै यसबाट जनतामा परेको मर्काको विषयमा मनन् गरी मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

समितिले सार्वजनिक यातायातको भाडादर घटाउन माग गरेको छ । समितिले संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री, प्रमुख सचेतक बालकृष्ण खाँण गृहमन्त्री र सांसद ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएकोमा बधाई ज्ञापन गरेको छ । देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनी प्रधानमन्त्री भएपछि कांग्रेस संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eighteen =