एमालेका ६ नेता मन्त्री बन्न लागेको बाँस्कोटाको दाबी

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका नेता गोकुलप्रसाद बाँस्कोटाले विपक्षी एमाले (माधवकुमार नेपाल पक्ष) का ६ जना नेताहरु मन्त्री बन्न लागेको दाबी गरेका छन् ।

पूर्वसञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटाले शनिबार (आज) बिहान ट्वीटरमार्फत नेपालपक्षीय नेतालाई ‘कांग्रेस भाइ’ को संज्ञा दिँदै ६ नेता मन्त्री बन्न लागेको दाबी गरेका हुन् । बाँस्कोटाले तोकेरै भनेका छन्— ‘कांग्रेसबाट ९ जना, नेपाल पक्षबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना, जसपा यादव पक्षबाट ५ जना मन्त्री बन्ने सम्झौता ।’

नेपाल पक्षलाई प्रधानमन्त्री शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरुले गठबन्धनको सरकारमा आउन आग्रह गरिरहेका छन् । तर, नेपालले एमाले एकतालाई केन्द्र राख्दै गठबन्धनमा नरहने बताइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =