देउवाले बोलाए संसदीय दलको बैठक, यी हुन् एजेण्डा

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । बैठक आइतबार (भोलि) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बस्नेगरी बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

कांग्रेस संसदीय दलको बैठक देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बस्न लागेको हो । भोलि ४ बजेबाट पुनःस्थापित प्रतिनिधि सभाको बैठक पनि शुरु हुँदैछ । त्योभन्दा अगाडि सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । ‘महाधिवेशन, संसद् बैठकलगायतका विषयमा छलफल गर्नेगरी बैठक बोलाइएको हो,’ सचेतक भुसालले भनिन्— ‘खासगरी पुनःस्थापित प्रतिनिधि सभा बैठककै बारेमा छलफल हुन्छ ।’

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेसमेत छलफल हुने बताइएको छ । ‘सरकारको नेतृत्व गर्नुपर्ने भएपछि यस विषयमा स्वाभाविक रुपमा छलफल होला,’ सचेतक भुसालले भनिन्— ‘बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्रीछनोट लगायतका विषयमा पनि छलफल हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =