१७७५ संक्रमणमुक्त, ४३ को मृत्य हुँदा संक्रमित कति ?

काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार ९ सय ३६ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ६ सय १३ पिसिआर परीक्षणका क्रममा २ हजार ६ र ४ हजार ५ सय ६९ एन्टीजेन परीक्षणका क्रममा ९३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालका कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ५ सय ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ७ सय ७५ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ६ लाख २८ हजार २४३ संक्रमित निको भएका छन् । हाल नेपालमा २६ हजार ८२७ सक्रिय संक्रमित आइसोलेसन र ३२१ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३४ लाख ५६ हजार १९९ वटा पिसिआर र २ लाख ५६ हजार ६२३ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *