प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
२०७८ साउन १ गते

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवालाई शुभकामना दिनका लागि बालुवाटार पुगेकी यान्छीसँगको भेटमा चीनसँगको सम्बन्ध थप सुदृढ बनाउँदै लैजाने बताएको उनले उल्लेख गरे ।
भेटका क्रममा राजदूत यान्छीले प्रधानमन्त्री देउवालाई सफल कार्यकालका लागि शुभकामना तथा बधाई दिएकी थिइन् ।
यसअघि प्रधानमन्त्री देउवाले भारतीय राजदूत विनय क्वात्रा र अमेरिकी राजदूत र्यान्डी बेरीसँग भेटवार्ता गरिसकेका छन् ।
२०७८ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








