विदेशी क्रिकेट लिग सञ्चालनको खबर झुटो : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विदेशी क्रिकेट लिग सञ्चालन हुने भन्ने खबरमा सत्यता नभएको बताएको छ ।

नेपालमा विदेशी लिग सञ्चालन हुन लागेको भन्ने खबरमा सत्यता नभएको भन्दै क्यानले तत्कालका लागि अहिलेसम्म कुनै पनि विदेशी लिगका लागि अनुमति नदिएको जनाएको हो ।

संघको अनुमति नलिई क्रिकेट प्रतियोगिताहरूमा संघमातहतका प्रदेश एवं जिल्ला क्रिकेट संघहरू, खेलाडीहरू, पदाधिकारीहरू, प्राविधिक अफिसियलहरु र अन्य क्रिकेट सम्बद्ध व्यक्तिहरू वा संस्थाहरूलाई संलग्नता नजनाउन पनि क्यानले आग्रह गरेको छ ।

क्यानका सचिवका नाममा निकालिएको विज्ञप्तिमा भनिएको छ-
नेपालमा विदेशी लिग सञ्चालन गरिँदै भन्ने खालको समाचारप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ । संघले तत्कालको लागि कुनै पनि विदेशी लिगका लागि अप्रुभल (स्याङ्क्सन्ड) नदिएको जानकारी गराउन चाहन्छौँ । साथै, संघको स्वीकृति नलिएर गरिने कुनै पनि क्रिकेट प्रतियोगिताहरूमा संघमातहतका प्रदेश एवं जिल्ला क्रिकेट संघहरू, खेलाडीहरू, पदाधिकारीहरू, प्राविधिक अफिसियलहरू र अन्य क्रिकेट सम्बद्ध व्यक्तिहरू वा संस्थाहरूलाई संलग्नता नजनाउन यसै सूचनामार्फत संघ हार्दिक अनुरोध गर्दछ ।

नेपाल क्रिकेट संघ सचिव

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *