नेकपा एमालेः स्थायी कमिटीपछि संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेको आज स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी कमिटी बोलाइएको छ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने भएको हो ।

स्थायी कमिटीमा प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे छलफल हुनेछ । यस्तै पार्टीको विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्तावको कार्यान्वयनबारे पनि छलफल हुने सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार १० बुँदे सहमति प्रस्तावलाई क्रमशः कार्यान्वयन गर्दै लैजानेबारे बैठकमा छलफल हुनेछ ।

आजै अपरान्ह अध्यक्ष केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन् । १० बुँदे सहमतिपछि पनि विवाद कायमै रहेको अवस्थामा माधवकुमार नेपाल पक्षका नेताहरु बैठकमा जाने कि नजाने भन्ने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =