ट्वेन्टी ट्वेन्टी क्रिकेटमा अष्ट्रेलियाको रोमाञ्चक जीत

काठमाडौं । वेस्ट इन्डिजसँगको चौंथो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा अष्ट्रेलियाले ४ रनको रोमाञ्चक जीत हात पारेको छ । पाँच खेलको शृँखलामा अष्ट्रेलियाको यो पहिलो जित हो ।

१ सय ९० रनको लक्ष्य पाएको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएकोमा अष्ट्रेलियाली बलर मिचेल स्टार्कका ओभरका ५ बलमा वेस्ट इन्डिजका ब्याट्स्म्यानले कुनैपनि रन लिन सकेनन् । अन्तिम बलमा एन्रड्रु रसेलले छक्का प्रहार गरेपनि वेस्ट इन्डिजको हार टार्न त्यो पर्याप्त भएन ।

वेस्ट इन्डिजका लेन्डल सिमोन्सले ७२ र इभिन लेविसले ३१ रन बनाए । अष्ट्रेलियाका मिचेल मार्सले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । अष्ट्रेलियाका मिचेल मार्शले ७५ र कप्तान आरोन फिन्चले ५३ रन बनाए । वेस्ट इन्डिजका ह्येडेन वाल्सले ३ विकेट लिए । घरेलु टोली वेस्ट इन्डिजले शृंखला भने यसअघि नै जितिसकेको छ ।

दुई टोलीबीचको अन्तिम तथा पाँचौ खेल शनिबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *