ओली पुगे बालकोट (तस्बिरहरु)

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट पुगेका छन् । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिएपछि ओलीले प्रधानमन्त्री सरकारी निवास बालुवाटार छोडेर निजी निवास बालकोट फर्किएका हुन् ।

बुधबार (आज) बालुवाटारबाट फर्किएका ओलीलाई युवा संघ नेपालले ‘स्कटिङ्ग’ गरेर बालकोट पुर्याएको हो । बालकोटमा ओलीलाई  सयौंको संख्याका समर्थकहरुले स्वागत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *