रंगभेदको शिकार बनेका रासफोर्डलाई सामाजिक संजालमा सान्त्वना

काठमाडौं । अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको इटाली र इङ्ल्यान्डबीचको फाइनलमा पेनाल्टी हान्ने भनेर चुनिएका खेलाडी थिए मार्कुस रासफोर्ड । तर, उनैले पनि पेनाल्टी मिस गरे । उसै त काला छालामाथि रंगभेदी व्यवहार गर्ने बेलायतका अराजक समर्थकहरुले निहु पाइहाले । उनीहरुले रासफोर्डलाई अन्य अश्वेत खेलाडीजस्तै दुर्व्यवहार गरे ।

तर,पछिल्लो समयमा उनको पीडामा सहानुभूति र हौसला दिनेहरु बढेका छन् । सामाजिक संजालमा हातैले लेखिएका प्रेमिल चिठीहरू उनले पाइरहेका छन् । साथै उनलाई हौसला बढाइएको छ । यसैबारेमा रासफोर्डले हालासालै सामाजिक संजालमा एक भावनात्मक पोस्ट गरेका छन् ।

आफूले थ्री लायन्सको समूहबाट खेल्दा गर्व गरेको भन्दै टीमका सबैले राम्रो गरेको भनेर तारिक गरेका छन् । ५५ वर्षमा बल्लतल्ल फाइनलमा पुगेपछि आफ्नै पेनाल्टी मिस भएर जित हुन नसकेकोमा भने उनले माफी मागेका छन् । उनी लेख्छन्, ‘म माफी मागिरहन्छु तर मेरा टीममेटहरुका लागि साउटआउट गर्न चाहन्छु ।’

उनले आफ्ना टीममेट र सबैलाई हतोत्साहित पारेको जस्तो महशुस भएको लेखेका छन् । मैदानमा उभिएको आफ्नो तस्बिर र दुई पेजको चिठीलाई ट्विटरमा राखेर उनले यस्तो लेखेका छन् । साथै आफू इङ्ल्यान्डस्थित साउथ मेन्चेस्टरको कालो रंगको स्थानीय भएको उनले गर्वसाथ लेख्दै पोस्ट टुंग्याएका छन् ।

साथै, विभिन्न शुभेच्छुकहरुले लेखेका प्रेमिल पत्रदेखि आफ्नो सम्मानमा भित्तामा कोरिएका पेन्टिङसमेत उनले सार्वजनिक गरेका छन् । जसमा लेखिएको छ, ‘तिम्रो संघर्षले तिम्रो उद्देश्यमा धेरै ठुलो भूमिका खेल्ने कुरा जानेर गर्व गर ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *