गेलको कीर्तिमान

काठमाडौं । वेस्टइन्डिजका स्टार क्रिकेटर क्रिस गेलले अर्को एक कीर्तिमान आफ्नो नाममा बनाएका छन् । उनले ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा १४ हजार रन पुरा गरेका छन् । यो उपलब्धि हासिल गर्ने उनी विश्वका एकमात्र क्रिकेटर हुन् । उनले अस्ट्रलियासँगको तेस्रो ट्वेन्टी ट्वेन्टीमा यो उपलब्धि हासिल गरेका हुन् ।

खेलमा गेलले ३८ बलमा ६७ रन बनाए । उनी प्लेयर अफ द म्याच भए । गेलले ९औँ ओभरको पहिलो बलमा एडम जम्पालाई छक्का प्रहार गर्दै ट्वेन्टी-ट्वेन्टीमा १४ हजार रन पूरा गरे । यो उपलब्धि हासिल गर्न उनलाई २९ रन आवश्यक थियो ।

वेस्टइन्डिज र अस्ट्रेलियाबीच ग्रास आइलेटमा जारी ५ खेलको श्रृङ्खलाअन्तर्गत मंगलबार भएको तेस्रो खेलमा ६ विकेटको जित निकालेसँगै वेस्टइन्डिजले ३-० ले श्रृङ्खला हात पारेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले १४१ रन बनाएको थियो । जवाफमा वेस्टइन्डिजले १४.५ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाएको थियो ।

४ खेलाडीको नाममा १० हजार बढी रन
ट्वेन्टी ट्वेन्टी क्रिकेटमा अहिलेसम्म ४ खेलाडीले मात्र १० हजारभन्दा बढी रन बनाएका छन् । जसमा क्रिस गेल १४ हजार रनसहित शीर्ष स्थानमा रहँदा उनी छेउछाउ कुनै पनि क्रिकेटर छैनन् । दोस्रो नम्बरमा वेस्टइन्डिजकै किरन पोलार्ड १० हजार ८३६ रनसहित दोस्रो स्थानमा छन् ।

पाकिस्तानका शोएब मलिक १० हजार ७४१ रनसहित तेस्रो‚ अस्ट्रेलियाका डेभिड वार्नर १० हजार १७ रन सहित १० हजार क्लब पूरा गर्ने चौथो खेलाडीका रुपमा छन् । भारतका कप्तान विराट कोहलीले भने ९ हजार ९२२ बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *