जनादेश मेरै पक्षमा थियो‚ तर परमादेशका कारण बाहिरिँदैछु : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशका कारण आफू सरकारको जिम्मेवारीबाट बाहिरिएको बताएका छन् ।

‘जनादेश त मेरो पक्षमा थियो‚ तर परमादेश शेरबहादुर जीको पक्षमा आयो । त्यसकारण म सरकारका जिम्मेवारीबाट बाहिरिँदैछु । बाहिरिँदै गर्दा मलाई कुनै दुःख र चिन्ता छैन‚’ उनले भने‚ ‘मेरो कार्यकालमा विकासका नयाँ नयाँ भिजन दिएर विकासको गतिलाई अभूतपूर्व रुपमा अघि बढाउन पाएकोमा म खुसी छु ।’

उनले सर्वोच्च अदालतले कुनै व्यक्तिको स्वार्थपूर्तिका लागि संविधानको अपव्याख्या गरेको आरोप लगाए । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको पछिल्लो फैसला कुनै व्यक्तिको स्वार्थपूर्तिका लागि गरिएको आरोप उनको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *