जोकोभिचलाई वर्षको तेस्रो ग्रान्डसलाम, फेडेरर र नाडालको कीर्तिमान बराबरी

एजेन्सी । सर्वियाका विश्व नम्बर एक नोभाक जोकोभिचले छैटौँ पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् । फाइनलमा उनले २५ वर्षे इटालियन खेलाडी माटेओ बेरेटिनीलाई ६-७ (४-७), ६-४, ६-४ र ६-३ को सेटमा पराजित गरे ।

३४ वर्षीय जोकोभिचले जित निकालेसँगै उनले रोजर फेडेरर र राफायल नाडालको सर्वाधिक ग्राण्डसलाम उपाधिको कीर्तिमानमा बराबरी गरेका हुन् । उनले विम्बल्डन जितेसँगै ग्रान्ड सलाम संख्या २० पुर्‍याए । यव वर्षमात्रै जोकोभिचले तीन ग्राण्ड सलाम उपाधि जितेका छन् । उनले यसअघि अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितेका थिए ।

उनी विम्बल्डन ६ पटक जित्ने तेस्रो खेलाडी बने । सर्वाधिक विम्बल्डनको किर्तिमान रोजर फेडेररको नाममा छ । उनले ८ पटक विम्बल्डन जितेका छन् । त्यस्तै अमेरिकाका पीट सैम्प्रासले ७ पटक जितेका छन् । जोकोभिचले विम्बल्डन फाइनलमा तीनपटक पराजित गरेका थिए । उनले २०१४, २०१५ र २०१९ मा फेडेररलाई हराएर उपाधि जितेका थिए ।

विश्व नम्बर एक जोकोभिच लगातार तेस्रो पटक विम्बल्डन जित्ने तेस्रो खेलाडीका रुपमा समेत रहे। यसअघि यो उपलब्धि फेडेररको नाममा रहेको थियो। फेडेर र ब्योर्न बोर्गले हात पारेका थिए । दुबैले लगातार ५ पटक यो उपलब्धि हासिल गरेका थिए ।

इटालिका बेरेटिनी भने पहिलो ग्रान्डसलाम फाइनलमा पराजित भए । १९७६ मा फ्रेन्च ओपनमा एड्रियानो पनाटाले उपाधि जितेपछि पहिलो पटक कुनै इटालिनय खेलाडीले फाइनलमा यात्रा बनाएका हुन् । यसअघि उनले २०१९ मा पहिलो पटक सेमिफाइनल खेलेका थिए । फाइनल अघि ग्रास कोर्टमा लगातार ११ खेल जितेपनि फाइनलमा भने उनको जोकोभिच सँग केहि चलेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *