रोनाल्डोलाई युरो-२०२० को गोल्डेन बुट

काठमाडौँ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकपको गोल्डेन बुट जितेका छन् । ५ गोल गरेका रोनाल्डोले पाँचै गोल गरेका चेक रिपब्लिकका पाट्रीक शिकलाई पछि पार्दै युरोकपको गोल्डेन बुट जितेका हुन् ।

गोल बराबरी गरेपनि रोनाल्डोले एक गोल असिस्ट गरेकाले शिकलाई पछि पार्दै गोल्डेन बुट जिते । युरो २०२० मा फ्रान्सका करिम बेन्जमा, बेल्जियमका रोमेलु लुकाकु, इङल्याण्डका ह्यारी केन र स्विडेनका एमिल फोर्सबर्गले समाज ४-४ गोल गरेका थिए ।

प्रतियोगिताका ५१ खेलमा कुल १४२ गोल भएका थिए जसमा ११ गोल आत्मघाती गोल भएका छन् । जसअनुसार प्रति खेल औसतमा २.७८ गोल भएका छन् । त्यस्तै युरोकपको इतिहासमा अहिलेसम्म सर्वाधिक १४ गोल गर्दै रोनाल्डो सबैभन्दा अगाडी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *