सेयर बजारमा ७४ अंकको वृद्धि, कारोबार रकम ८ अर्बमाथि

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा भारी वृद्धि देखिएको छ । यस दिन ७४.७१ अंकले नेप्से बढेर २८९९.८२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक समेत १३.७७ अंकले बढेर ५४३.४३ बिन्दुमा पुगेको छ ।

यस दिन कुल ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४ सय ९६ रुपैयाँमा २ सय २५ कम्पनीका ३ करोड १५ लाख ८८ हजार ८ सय ५० कित्ता सेयर खरिद बिक्री भएको छ ।

यस दिन कारोबार रकम र कारोबार भएको सेयर संख्या दुबै बढेको हो । यस अघिका बजारमा ४ देखि साढे ४ अर्बको मात्रै कारोबार हुँदै आएकोमा आइतबार भने कारोबार रकम दोब्बर भएको हो ।

यस दिन कम्पनीका १३ ओटै समुहगत परिसूचक समेत हरिया भएका छन् । विकास बैंक, जीवन बीमा र निर्जीवन बीमा समूह सबैभन्दा बढी अंकले बढेका हुन् ।

श्री इन्भेष्टमेन्ट फाइनान्स, गुर्खाज फाइनान्स, आइसिएफसी फाइनान्स कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढेका छन् । झण्डै २ दर्जन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *