इंग्ल्यान्डलाई एकदिवसीय सिरिज

काठमाडौँ । पाकिस्तानसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला इंग्ल्यान्डले जितेको छ । लर्डसमा भएको दोस्रो एक दिवसीयमा पाकिस्तानलाई ५२ रनले हराएसँगै इंग्ल्यान्डले एक खेलअघि नै श्रृङ्खला हात पारेको हो ।

२ सय ४८ रनको लक्ष्य पाएको पाकिस्तान ४१ ओभरमा १ सय ९५ रनमा समेटियो । पाकिस्तानका साउद शकिलले ५६ रन बनाएपनी टिमलाई जिताउन सकेनन् । इंग्ल्यान्डका लेविस ग्रेगोरीले ३, तथा क्रेग ओभर्टन, सकिब मोहमुद र माट पार्किनसनले २-२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४५ ओभर २ बलमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो । इंग्ल्यान्डका फिल साल्टले ६० रन तथा जेम्स भिन्सले ५६ रनको योगदान गरे । पाकिस्तानका हसन अली एक्लैले ५ विकेट लिएपछि इंग्ल्यान्ड मध्यम योगफलमा समेटिएको थियो ।

तर ब्याटिङ भरपर्दो नहुँदा पाकिस्तान पराजित भयो । शृङ्खलाको अन्तिम तथा तेस्रो खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =