मेस्सी महान खेलाडी र मित्र हुन् तर फाइनलमा भावनाको स्थान छैन : नेयमार

काठमाडौ । फुटबलका सुपरस्टार लियोनल मेस्सी र नेयमारको बलियो मित्रता बार्सिलोनामा सँगै हुँदा भएको थियो । नेयमार  मेस्सीसँगै खेल्नका लागि अरु अवसरहरु छोडेर बार्सिलोनामा आवद्ध भएका थिए । यि दुवै सुपरस्टारले बार्सिलोनाबाटसँगै खेल्दै चार बर्ष बिताएका थिए । मेस्सी, नेयमार र लुइस स्वारेजले क्लबमा अहिलेसम्मको सबैभन्दा डरलाग्दो आक्रमण पंक्ती बनाएका थिए ।

तर, अब भावनात्मकताको कुनै स्थान छैन किनभने अर्जेन्टिना र ब्राजिल कोपा अमेरिकाको फाइनलमा आइतबार विहान खेल्दैछन । यीनै दुई सुपरस्टार उपाधिका लागि खेल्दैछन् । संयोग कस्तो छ भने यी दुबै महान् खेलाडी जसले जितेपनि त्यो उनीहरुका लागि कोपा अमेरिकाको पहिलो उपाधि हुनेछ । नेयमारले पनि आफ्नो मेसीसँगको महान मित्रता कोपा अमेरिका फाइनलको कारणले समस्यामा परेको स्विकारेका छन् ।

पेरिस सेन्ट जर्मेनको लागि सन २०१७ मा नेयमारको १९ करोड ८० लाख पाउन्डको किर्तिमानी स्थानान्तरण भएपनि बार्सिलोनाको रंगशाला काम्प नाउमा यि दुवै बिचको मित्रता बलियो नै थियो । तर, २९ बर्षे नेयमारले भने आइतबार बिहान माराकाना रंगलाशामा आफ्नो जीवनको प्रथम कोपा अमेरिका उपाधीको लागी खेल्ने भएकोले अब भावनात्मकताको कुनै स्थान नभएको बताएका छन् ।

‘मैले भनेको पनि छु, मेसी अहिलेसम्म मैले खेलेकामध्ये सर्बोत्कृष्ठ खेलाडी हुन, महान मित्र हुन, तर अहिले हामी फाइनलमा छौँ छौँ । हामी प्रतिस्पर्धि हौँ’, नेयमारले भनेका छन ।

‘म जित्न चाहान्छु र यो उपाधि म साँच्चिकै जित्न चाहान्छु जुन मेरो पहिलो कोपा अमेरिका उपाधि हुनेछ । मेसी पनि आफ्नो प्रथम उपाधीको लागी हेरिरहेका छन । ब्राजिल सहभागी नभएको अर्जेन्टिनाका हरेक खेलमा मैले मेसीको समर्थन गरेको थिएँ । उनले सन २०१४ को विश्वकपमा जर्मनीसँग भिड्दा पनि मैले अर्जेन्टिनाकै समर्थन गरेको हो । तर आइतबारको खेलमा त ब्राजिल प्रतिस्पर्धामा छ । त्यसैले हाम्रो मित्रता एक धर्कोमा छ । हामीबिचको सम्मान महान छ तर एकले मात्रै जित्छ ।’ नेयमारले बेलायतको अखबार मिररसँग भने ।

नेयमारन सन २०१९ को ब्राजिलले जितेको कोपा अमेरिका फाइनमा गोली गाँठोको चोटका कारण उपस्थित हुन सकेनन् । यस्तै मेस्सीले पनि सन २००७, २०१५ र २०१६ को कोपामा जित निकाल्न सकेनन् ।

हालसालै ३४ बर्ष पुगेका मेसी उनको आगमाी जुन अन्तिममा बार्सिलोनासँगको सम्झौता सकिन लाग्दा पनि अविचलित भएको मिररले लेखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *