सिवाईसी नेपाल लघुवित्तकाे आईपीओ आउँदै

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिकिक्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ९५ हजार ३ सय ३५ कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

सेयर निष्काशनका लागि उक्त लघुवित्त संस्था र निष्काशन कम्पनीबीच सम्झौता भएको छ ।

संस्थाको अघिकृति पूँजी २० करोड रुपैयाँ र जारी पूँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ छ । बाग्लुङमा केन्द्रीय कार्यालय रहेको संस्थाले गण्डकी प्रदेशमा मात्र कारोबार गरिरहेको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरिसकेको छ ।

३७ शाखा कार्यारहेको उक्त लघुवित्तले ४७ हजारभन्दा बढी विपन्न परिवारलाई समूहबद्ध गरी सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *