ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै, यी हुन् खोप केन्द्र
२०७८ असार २५ गते

काठमाडौँ । ललितपुर महानगरपालिकामा चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ । पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आज र भोलि दोस्रो मात्रा लगाउन लागिएको हो ।
पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको छ ।
यी हुन् खोप केन्द्र :-
गोदावरीमा पनि खोप
गोदावरी नगरपालिकाका १४ वडाबाटै खोप लगाइने भएको छ । खोपका लागि गोदावरीका सम्बन्धित वडाका स्वास्थ्यचौकीका साथै टौखेलस्थित किटिनी र वडा नं १२ मा रहेको सरस्वती माध्यमिक विद्यालय तथा आनन्दवन अस्पताल एवं वडा नं ११ कार्यालयबाट समेत सेवा दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
२०७८ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित









