नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

चितवन । भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक आज बिहान ५: ३० देखि एकतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो स्थानमा वर्षा शुरु भएसँगै पटक-पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक-पटक पहिरो खसेर दुःख दिइरहेको छ । पानी परे लगत्तै पहिरो खस्ने समस्या छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nineteen =