एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा

काठमाडौं । एभरेस्ट बैंकले आफ्नो ब्रान्डि फेसको रुपमा नियुक्त गरेको किर्तीमानी आरोही मिङ्मा डेबिड शेर्पामार्फत बैंकको झण्डा सगरमाथा चुचुरोमा फहराउन सफल भएको छ ।

बैंकले शेर्पामार्फत आफ्नो झण्डा १६ जेठमा सगरमाथा चुचुरोमा फहराउन सफल भएको जनाएको छ ।

बिहीबार एक कार्यक्रमका बीच कीर्तिमानी आरोही शेर्पाले बैंकका प्रमुख कार्यकारी अधिकृत डा. संधिर कुमारलाई उक्त झण्डा हस्तान्तरण गरेका छन् । कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशव राज पौडेल, आशुतोष शर्मा तथा बैंकका बजार ब्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य उच्च अधिकारीको उपस्थिति थियो ।

कार्यक्रममा ग्रिष्मकालमा माउन्ट केटु हिमालको सफल आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाइ समेत सम्मान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =