नेपाल–फ्रान्स व्यवसायिक मञ्चको बैठकमा लगानी अवसरबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् । नेपाल फ्रान्स व्यवसायिक मञ्चको भर्चुअल बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढीसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाइजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे ।
अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० नेट २०३० का विषयमा पनि जानकारी गराए । नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी दिँदै उनले विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १ सय अर्ब अमेरिकी डलर पुरयाउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसँग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएको छ ।

हालसम्म फ्रान्सबाट १ सय ७ परियोजनामा करिब १ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । व्यापार प्रवर्द्धधन केन्द्रका अनुसार गत बर्ष फ्रान्ससँगको व्यापार घाटा करिब साढे ८ अर्ब रुपैयाँ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको मेडेफ इन्टरनेशनलले आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौं स्थित फ्रान्सेली दुतावास र पेरिसस्थित नेपाली दूतावासको सहयोग थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायी सहभागी थिए । बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैकिङ, पर्यटन, ऊर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, रेयामिट्यान्स लगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रममा नेपालका लागि फ्रेन्सेली राजदूत फंस्वा–जाभिए लेजर पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी लाभ उठाउन आग्रह गरे । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुंगा हुने बताए ।

मेडेफको भारत तथा नेपालका लागि प्रमुख डेनियल मात्रेले नेपालमा लगानीको वातावरणलाई आफूले नजिकबाट नियालीरहेको बताउँदै भारतमा रहेको फ्रान्सेली संयुक्त लगानीलाई नेपालमा आकर्षित गर्न आफ्नो तर्फबाट प्रयास भइरहेको जानकारी गराए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजवूद पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजनेश फोरम जस्ता मञ्चको अधिकतम प्रयोगमा जोड दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन फोरमका सभापति आनन्द वगाडियाले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न महासंघले संयन्त्र निर्माण गरिरहेको जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =