इङ्ल्यान्डले पाएको ‘विवादास्पद पेनाल्टी’को सर्वत्र चर्चा

काठमाडौं । युरो २०२० मा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले पाएको पेनाल्टीका विषयमा बहस शुरु भएको छ ।

डेनमार्कसँगको खेलको १०४ औँ मिनेटमा इंग्ल्यान्डलाई पेनाल्टी दिइएकोबारे विश्वभरका मिडियामा चर्चा भएको हो । धेरैले यो पेनाल्टी गलत रहेको जिकीर गरेका छन् ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी भएपछि थपिएको समयको १०४ औं मिनेटमा पाएको पेनाल्टीमा कप्तान ह्यारी केनले गोल गर्दै टीमलाई फाइनलमा पुर्‍याएका थिए ।

युरोपेली फुटबल संघका सामाजिक संजालहरूका कमेन्टदेखि विश्वभरका सञ्चारमाध्यमहरुले समेत यो विषयमा लेखेका छन् ।

अस्ट्रेलियाली संचार माध्यम एबीसीले आफ्नो वेबसाइटमा रेहिम स्टेर्लिङलाई फल भनेर टचलाइनमा दिएको भारको निर्णयमा धेरै पूर्वखेलाडी र फुटबल पण्डितहरूले डेनमार्कलाई गलत गरिएको प्रतिक्रिया दिएको लेखेका छन् ।

इङ्ग्ल्यान्डका पूर्वस्ट्राइकर दरेन बेन्टले रेफ्रीलाई वेम्बलीका ६० हजार दर्शकको उपस्थितिले प्रभाव पारेको हुनसक्ने तर्क गरेको एबीसीले उल्लेख गरेको छ ।

डच खेलाडी निगेल दे जोङले पनि पेनाल्टी उचित नभएको बताएका छन् । उनले एबीसीसँग भनेका छन्, ‘यदि हामी साँच्चिकै इमान्दार हुने हो भने त्यो पेनाल्टी थिएन ।’

पूर्वजर्मन खेलाडी दीदी हमानले पनि त्यो फउल नभएर डाइभमात्रै भएको बताएको एबीसीले लेखेको छ ।

RT

यस्तै फुटबलसम्बन्धी अनलाइन गोल डटकमले पनि पेनाल्टी विवादास्पद भएको लेखेको छ । ह्यारी केनले पेनाल्टी गोल गरेर जित निकाले पनि सामाजिक संजालमा पेनाल्टी गलत भएको भन्ने पोस्टहरूको ‘आँधिबेहरी’ आएको खबरमा उल्लेख छ ।

अस्ट्रेलियाको प्रतिष्ठित अखबार सिड्नी मर्निङ हेराल्डले आफ्नो वेबसाइटमा भिडिओ राख्दै इङ्ल्यान्डले विवादास्पद पेनाल्टीबाट जितेको लेखेको छ । इङ्ल्यान्डले २-१ को जितले फाइनलको टिकट निश्चित गरेपनि जितको तरिकाले भने विश्वभरका फुटबल प्रसंशकलाई आक्रोशित बनाउने खबरमा उल्लेख छ ।

रहिम स्टर्लिङलाई जोकिम मेइलले फउल गरे वा गरेनन् भन्ने कुरामा यो हप्ता र पछिसम्म पनि विवाद हुने बेलायतकै अखबार स्कट्सम्यानले लेखेको छ । तर, बेलायती अखबार मिररले भने स्टर्लिङको प्रतिक्रिया लिएको छ । जसमा उनी भन्छन्, ‘त्यो स्पष्ट पेनाल्टी थियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *