सबै मालपोत कार्यालय अब डिजिटल प्रणालीमा

काठमाडौं । सरकारले देशका सबै मालपोत कार्यालयको भूमि अभिलेख प्रणालीलाई डिजिटलाज्ड गरेको छ । अब देशका १२६ ओटै मालपोत कार्यालयमा अनलाइन प्रमाणी मार्फत भू–अभिलेख राखिने भएको हो ।

अनलाइन भू–अभिलेख प्रणाली शुरु हुन बाँकी ८ मालपोत कार्यालयमा समेत बुधबारबाट अनलाइन प्रणाली सुरु भएपछि देशका सबै मालपोत कार्यालय अनलाइन प्रणालीमा गएका हुन् ।

बुधबार एक भर्चुअल कार्यक्रममार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डले गोरखाको सिर्दीबास, खोटाङ बजार, रुपन्देही, मनाङ, गुल्मी, मुगु, डोल्पा, रुकुम पश्चिम मालपोट कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भ गरेका थिए ।

चालू आर्थिक वर्षभित्रै सबै मालपोत कार्यालयमा भू–सूचना अभिलेख व्यवस्थापन अनलाइन प्रणाली शुभारम्भ गर्ने लक्ष्य अनुसार नै काम सम्पन्न भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता गुरुदत्त सुबेदीले बताएका छन् ।

‘सबै मालपोत कार्यालयमा अनलाइन प्रणाली सुरु भएसँगै अब देशका जुनसुकै ठाउँमा भएका आफ्नो घरजग्गाको कारोबार देशको कुनै पनि ठाउँमा बसेर तथा विदेशमा बसेका नेपालीले विदेशबाटै पनि गर्नुसक्नु हुने भएको छ,’ उनले भने, ‘हामी यो प्रणालीलाई अझ सुदृढ र व्यवस्थित गर्दै लाने छौं ।’

२०७२ साल साउन २५ गदेबाट कलंकी मालपाट कार्यालयबाट भू–अभिलेख सूचना व्यवस्थाप प्रणाली (अनलाइन)को सुरुवात गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =