फेडेरर बाहिरिए, जोकोभिच सेमिफाइनलमा

काठमाडाैँ । २० पटकका ग्रान्डसलाम विजेता रोजर फेडेरर विम्बल्डन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । कीर्तिमानी २१ औं ग्रान्डसलाम जित्ने लक्ष्य राखेका फेडेरर हुबर्ट हुर्काजसँग सोझो सेटमा निरिह रहे ।

३९ वर्षीय स्वीस स्टार फेडेररलाई १४ औँ वरियताका पोल्याण्डका हुबर्टले ६-३, ७-६ (७-४) र ६-० को सेटमा पराजित गरे । फेडेरर करिअरमा १३ औ पटक विम्बल्डन खेलिरहेका थिए। उनले ८ पटक विम्बल्डन जितेका थिए ।

फेडेररलाई पराजित गरेर हुबर्ट पहिलोपटक ग्राण्डस्लामको सेमिफाइनलमा स्थान बनाउन सफल रहे । हुबर्टले फाइनल प्रवेशका लागि सातौँ बरियताका इटालियन मातेओ बेरित्तिनीसँग आइतबार प्रतिस्पर्धा गर्नेछन् ।

विश्व नम्बर एक नोभाक जोकोभिच भने नवौं पटक सेमिफाइनलमा स्थान बनाउन सफल रहे । क्वाटरफाइनलमा हंगेरीका मार्टन फुक्सोविक्सलाई ६-३, ६-४, ६-४ ले हराउँदै उनले अन्तिम चारमा स्थान पक्का गरे।

जितसँगै जोकोभिचलाई फेडेरर र नाडाल समान २० ग्रान्डसलाम उपाधि जित्ने सुन्दर अवसर आएको छ । जोकोभिचले ५ विम्बल्डन, ८ अस्ट्रेलियन ओपन, ३ पटक युएस ओपन तथा २ पटक फ्रेन्च ओपन गरि कुल १९ ग्रान्डसलाम जितेका छन् ।

जोकोभिचले फाइनल प्रवेशका लागि १२ औ बरियताका क्यानेडियन डेनिस शापोवालोभको सामना गर्ने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =