बेथानचोकका २४ जनालाई नि:शुल्क बाख्रा

काठमाडौं । आर्थिक अवस्था कमजोर भएका साथै अपाङगंता भएका २४ जनालाई नि:शुल्क बाख्रा वितरण गरिएको छ । बेथानचोक गाउँपालिकाको सहयोगमा नेपाल अपांङग महिला संघ काभ्रेको आयोजनामा समुदायमा आधारित पुनर्स्थापना सिबिआर कार्यक्रमअन्तर्गत उक्त गाउँपालिकाको ६ वटा वडाका २४ जनालाई बाख्रा वितरण गरीएको हो ।

आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई जिविकापार्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नि:शुल्क बाख्रा वितरण गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष एवं सिबिआर अनुगमन समितिका संयोजक सरिता लामिछानेको प्रमुख आतिथ्यतामा गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरुको अध्यक्षतामा वडा स्तरीय सचेतना कार्यक्रम पनि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =