ओली नेपाल भेटवार्ता निष्कर्षविहीन

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भेटवार्ता भएको छ ।

तर दुबै नेता आ-आफ्नो अडानमा रहेका कारण कुनै सहमति हुन नसकेको स्रोतले बताएको छ । मेरियट होटलमा भएको भेटमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूलाई निःशर्त सहयोग खोजेपछि नेता नेपाल सहमत हुन नसकेको श्रोतको भनाइ छ ।

बैठकमा अध्यक्ष ओलीले आफुलाई सहयोग गर्न बरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गरेका थिए । नेता नेपालले भने पार्टीलाई कसरी सञ्चालन गर्नेदेखि शक्ति बाँडफाँडका विषयमा के हुने भन्नेबारे स्पष्ट नभइ निशर्त सहहयोग गर्ने कुरा मात्र हुन नसक्ने बताएका थिए । नेताहरुले कार्यदलको तहबाट पनि छलफल निरन्तर जारी राखिने बताएका छन् ।

एमालेको आन्तरिक समस्या समाधान गर्नेगरी गठित १० सदस्यीय कार्यदलको पहलमा ओली—नेपालबीच भेट भएको कार्यदलका एक सदस्यले मकालुखबरलाई जानकारी दिए ।

सोमबारदेखि लगातार वार्तामा रहेको कार्यदलको बुधबार ९आज० बिहान मात्रै पनि बैठक बसेको थियो । बिहान ११ बजेपछि सिंहदरबारमा बसेको बैठकमा नेताहरुले ओली—नेपाललाई भेट्टाउनेगरी वार्ता गरेका थिए । बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *