९ करोड राजस्व छलेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले चितवनको रत्नगरमा रहेको शिवशिक्त खाद्य उद्योगका सञ्चालकसहित ३ जनाविरुद्ध राजस्व छली मुद्दा दायर गरेको छ ।

उद्योगका सञ्चालक दिनेश कुमार अग्रवाल र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका सञ्चालक रामप्रसाद थपलिया गरी ३ जनाविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

९ करोड २७ लाख ३७ हजार ५ सय ६० रुपैयाँ बराबरको बिगो कायम गरी विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

उनीहरुले मूल्य अभिवृद्धि कर (भ्याट), लाभांश कर र आयकरसमेत छललेको विभागको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =