४० वर्ष पूरा भए धोनी

काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनी ४० वर्ष पुरा भएका छन् । उनले आफ्नो कप्तानीमा भारतलाई अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक सफल देशका रुपमा स्थापित गरेका थिए । ट्वेन्टी ट्वेन्टी तथा एकदिवसीय विश्वकपको उपाधि दिलाएका धोनीले राष्ट्रिय टिमबाट सन्यास लिइसकेका छन् ।

बुढ्यौली लागेपनि धोनी क्लब क्रिकेटमा भने सक्रिय छन् । आइपीएल क्रिकेटमा धेरै कीर्तिमान उनको नाममा छन् ।

आईपीएलमा १५० करोड कमाउने एकमात्र खेलाडी
धोनी आईपीएल क्रिकेटमा १५० करोड भारतीय रुपैयाँ कमाउने एक्ला क्रिकेटर हुन् । आईपीएलमा चेन्नाईका कप्तान रहेका धोनीले अहिलेसम्म १३७ करोड भारतीय रुपैयाँ हात पारिसकेका छन् । चेन्नईले उनलाई प्रतिसिजन १५ करोड भारुमा सम्झौता गरेको छ । जसअनुसार आईपीएलको १४ औँ सिजनपछि उनको कमाइ १५२ करोड पुग्नेछ । पारिश्रमिकबाट नै १५० करोडभन्दा बढी कमाउने उनी एक्लो क्रिकेटर हुन् । उनले विज्ञापनबाट पनि करोडौं रुपैयाँ आर्जन गर्छन् ।

ms dhoni birthday: On MS Dhoni birthday, CSK investors worry over his retirement, IPL fate - The Economic Times

१५० भन्दा बढी खेलाडी आउट
विकेटकिपर ब्याट्सम्यान धोनीले आईपिएलमा १५२ खेलाडीलाई पेभिलियन फर्काएका छन् । जहाँ ११३ क्याच लिँदा उनले ३९ स्टम्पिङ गरेका छन् ।

Asia Cup 2018: MS Dhoni becomes first Asian wicket-keeper to inflict 800  dismissals | Cricket News – India TV

धोनी १५० बढी खेलाडीलाई पेभिलियन पठाउने एक्लो विकेट किपर हुन् । उनीपछि दिनेश कार्तिकले १४४ र रोबिन उथ्थपाले ९० जना खेलाडीलाई आउट गरेका छन् ।

सर्वाधिक धेरै ९ फाइनल
धोनी आईपीएलमा सर्वाधिक धेरै ९ फाइनल खेल्ने एक्लो खेलाडी पनि हुन् । उनले चेन्नईबाट ८ पटक फाइनल खेल्दा तीन पटक टीमलाई उपाधि दिलाएका छन् । एकपटक उनले राइजिङ पुणेबाट खेलेका थिए । सुरेश रैना दोस्रो नम्बरमा छन् । रैनाले ८ पटक फाइनल खेलेका छन् । उनी प्रतियोगितामा सर्वाधिक धेरै खेल जिताउने कप्तानसमेत हुन्‚ उनले एक सयभन्दा बढी खेल जिताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *