कोठा प्रकरण : दुवै पक्षलाई सर्वोच्चले झिकायो

काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सञ्चारकर्मी रुपा सुनारले दायर गरेको रिटमा दुवै पक्षलाई झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आफूमाथि जातीय भेदभाव गर्ने घरधनी सरस्वती प्रधानलाई शिक्षामन्त्री श्रेष्ठले छुटाएको भन्दै रुपाले दायर गरेको रिटमा सर्वोच्चले दुवै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको हो ।

जातीय विभेदलाई प्रश्रय दिने घरधनी सरस्वती प्रधानलाई शिक्षामन्त्रीले आफैंले छुटाएको भन्दै रुपाले शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै रिट दायर गरेकी थिइन् । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले असार २९ गते सो घटनाबारे भइरहेका अनुसन्धान प्रक्रियासम्बन्धी प्रमाणसहित उपस्थित हुन आदेश दिएको हो ।

जातीय भेदभाव तथा छुवाछुतजस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरी अभियुक्तलाई पदीय ओहोदा र सरकारी पद तथा स्रोतसमेको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगेर जिम्मा लिएको भन्दै रुपाले अदालत गुहारेकी थिइन् ।

उनले उच्च पदस्थ व्यक्तिहरूमार्फत मुद्दाको अनुसन्धानमा बाधा गर्न सक्ने भएकाले घरधनी प्रधानलाईसमेत तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *