एरिक्सनको सम्मानमा भावुक बन्दै वेम्बली

एजेन्सी । जारी युरो २०२० को दोस्रो सेमिफाइनलमा आज (बुधबार) मध्यराति डेनमार्क इंग्ल्यान्डसँग खेल्दैछ । इंग्लयान्डको वेम्बली रंगशालामा घरेलु टिमको तगारोका रुपमा उभिने डेनमार्क सन् १९९२ को आफ्नो सनसनीपूर्ण छवि फर्काउने सुरमा हुनेछ । जतिबेला उसले सबैलाई चकित बनाएको थियो ।

नेपाली समयअनुसार बुधबार मध्यराति १२:४५ मा शुरु हुने यो खेलमा केही भावनात्मक क्षणहरू पनि देख्न पाइनेछ ।

आजको खेल सुरू हुनुअघि, खेल्दाखेल्दै मैदानमै झण्डै ज्यान गुमाएका खेलाडी क्रिस्टियन एरिक्सलाई सम्झना गरिनेछ ।

EURO 2020: Christian Eriksen invited to the final by UEFA – football

एरिक्सन डेनमार्कलाई जिताउन मैदानमा हुने छैनन् । उनी घरबाटै आफ्नो टिमको जीतको कामना गरिरहेका हुनेछन् । र उनको सम्मानमा वेम्बली भावुक बन्नेछ । इंग्लिस टिमका कप्तान ह्यारी केनले १० नम्बर अंकित जर्सी आफ्ना डेनिस समकक्षी सिमोन केयरलाई प्रदान गर्नेछन् । जहाँ सबै इंग्लिस टिमका खेलाडीको हस्ताक्षर हुनेछ ।

भावनात्मक रुपमा एकीकृत हुँदै गएको डेनमार्क र उसका समर्थकका लागि यो क्षण निकै महत्वपूर्ण हुनेछ ।

Euro 2020: Christian Eriksen and medics who saved him invited to final by UEFA

एरिक्सनको सम्मानमा युरोपेली फुटबल महासंघ (यूईएफए) ले उनी, उनकी श्रीमती र उनको उपचारमा संलग्न सबै चिकित्सकलाई फाइनल खेल हेर्नका लागि समेत निमन्त्रणा गरेको छ । यूईएफएका अनुसार एरिक्सनकी श्रीमती र उनको उपचारमा संलग्न ६ जना चिकित्सकलाई फाइनल खेल हेर्नका लागि विशेष निमन्त्रणा गरिएको हो ।

एरिक्सन, १२ जुनमा भएको फिनल्यान्डसँगको खेल खेल्दै गर्दा मैदानमै ढलेका थिए । उनको त्यो अवस्थाको पूरा विश्व साक्षी बनेको थियो ।

विश्वभरबाट उनको स्वास्थ्यलाभको कामना गरिएको थियो । केही घण्टापछि उनी होसमा आएका एरिक्सन अहिले अस्पतालबाट फर्किएर घरमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *