स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली फाइनलमा

काठमाडौँ । स्पेनलाई हराउँदै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा स्पेनलाई ४-२ ले पराजित गर्दै इटालीले उपाधि नजिक पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा स्पेनका लागि ग्राड मोरेनो, थाइगो अल्कन्टेरा गोल गर्न सफल भए डानी ओल्मो, आल्भारो मोराटा गोल गर्न असफल भए । इटालीका लागि आन्द्रे बेलोटी, लेनोद्रो बुन्की, फेडेरिको बोनान्देस्की र जर्जिन्होले गोल गर्न सफल भए भने मानुयल लकोकाटेली पेनाल्टीमा चुके ।

यसअघि पहिलो हाफमा बिना कुनै गोल सकिएको खेलको ६०औं मिनेटमा फेड्रीको चेइसाको गोलमा इटालीले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ८०औं मिनेटमा स्पेनका लागि अल्भारो मोराटाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आज राति हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *