आन्तरिक हवाई उडान पूर्णरुपमा खोलिने

काठमाडौं । सरकारले आन्तरिक हवाई उडान पूर्ण रुपमा खोल्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को सोमबारको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि आधा संख्यामा मात्रै उडान गर्ने निर्णय सरकारले गरेको थियो ।

आन्तरिकतर्फ हाल ५० प्रतिशत मात्रै उडान भइरहेकोले दैनिक ६५ उडान मात्रै भएको छ । दैनिक पूर्ण क्षमतामा उडान सञ्चालन हुँदाँ दैनिक १ सय ६५ वटासम्म उडान हुन सक्ने छ ।

सरकारले निर्णयले वायु सेवा प्रदायक कम्पनीहरुले भने राहतको महसुस गरेका छन् । उनीहरुले उडान संख्या बढाउन माग गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *