मल ल्याउन असफल शैलुङ, होनिको र मुक्तिनाथ कालोसूचीमा

काठमाडौं । रासायनिक मलको आपूर्तिको ठेक्का लिएर समयमै आपूर्ति गर्न नसकेका ३ कम्पनी कालो सूचीमा परेका छन् । शैलुङ इन्टरप्राइजेज, होनिको मल्टिपल र मुक्तिनाथ कृषि कम्पनीलाई कृषि सामग्री कम्पनीको सिफारिसमा सार्वजनिक खरिद अुनगमन कार्यालयले कालो सूचीमा राखेको हो ।

गत वर्ष शैलुङ इन्टरप्राइजेजले ८० हजार मेट्रिक टन, होनिको मल्टिपलले २५ हजार मेट्रिक टन र मुक्तिनाथ कृषि कम्पनीले ४५ हजार मेट्रिक टन रासायनिक मल ल्याउने ठेक्का लिएर आपूर्ति गर्न नसकेका हुन् । मल आपूर्ति गर्न नसकेपछि यी कम्पनीसँग कृषि सामग्रीले गरेको ठेक्का सम्झौता रद्ध गरिएको थियो । मल ल्याउन नसकेका यी कम्पनीको धरौटी समेत जफल भएको थिायो ।

शैलुङ इन्टरप्राइजेजका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरभेटी समेत हुन् । होनिकोको सञ्चालक हुननाथ कोइराला र मुक्तिनाथका सञ्चालक भरतराज ढकाल हुन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *